अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसी दलहरुलाई ओलीलाई प्रश्न -लाभको पदमा पुग्न संविधान मान्ने,पद गए पछि नमान्ने ?

मधेसी दलहरुलाई ओलीलाई प्रश्न -लाभको पदमा पुग्न संविधान मान्ने,पद गए पछि नमान्ने ?


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अन्तरगत नै लाभको पदमा सपथ ग्रहण गर्नेहरुले अहिले संविधान मान्दिनु भन्नु नक्कली कुरा भएको बताउनुभएको छ ।
संविधान दिवश तथा रािष्ट्रय दिवशको अवसरमा आज च्यासलमा एमलेले आयोजना गरेको कार्यक्रममा ओलीले सो कुरा बताउनुभएको हो । ‘कसै कसैले संविधान मान्दिन भनेर संविधान दिवश नमाउने घोषणा गरेका छन् ’ ओलीले भन्नुभयो ‘अचम्म छ । संविधान मान्दिन भन्नेजति सबैले यही संविधान अन्तरगत लाभको पदमा सपथ ग्रह्ण गरेका छन् ।’
मधेसी दलहरुप्रति लक्षित गर्दै ओलीले नेपाली भाषामा सपथ गर्दा आसपासका जनताले नबुझ्लान् भनेर आफ्नै भाषामा सपथ गरेको स्मरण गर्नुभएको छ । ‘लाभको पदमा पुग्न यही संविधान मान्छु भनेर सपथ गह्रण गर्ने । पद छुटेपछि संविधान मान्दिन,मतभेद छ भनेर नक्कली कुरा गर्ने ?’ ओलीको प्रश्न छ ।