काठमाडौं– नेकपा (एमाले) को विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न आज पनि स्थायी कमिटी बैठक बस्दैछ ।
असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गर्न स्थायी कमिटी बैठक बसिरहेको छ । आज दिउँसो १ बजे बैठक बोलाइएको छ ।
आइतबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथि छलफल भएको थियो ।
हिजो स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राख्नुभएको थियो ।







प्रतिक्रिया