अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिल्ने भए प्रचण्ड-माधवले क्याबिनेट भ्यागुताले जस्तो फुलाउँथे : ओली

मिल्ने भए प्रचण्ड-माधवले क्याबिनेट भ्यागुताले जस्तो फुलाउँथे : ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले आजको दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा देशको महत्वपूर्ण समय खेर गएको टिप्पणी गर्नुभएको छ ।

श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले सत्ता गठबन्धनमा संविधानले तोकेको २५ जनाको सीमाभित्र अटाउन समस्या भएको टिप्पणी गर्नुभयो ।

‘शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारमा रंगीविरंगी मान्छे छन्’, प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले भन्नुभयो,‘उहाँहरू अझै मन्त्रिपरिषद् संख्या बढाउन प्रयास गर्दै हुनुहन्छ । पहिलाजस्तो ६५–६७ बनाउन सक्दैनन् । मिल्ने भए त  भ्यागुता फुलाए भन्दा फुलाउदै जानुहुन्थ्यो । अहिले संविधानले दिँदैन । अहिले २५ मा अटाउन उहाँलाई समस्या भइरहेको छ । त्यहीँ कारण हो अहिलेको तमासा ।’

वर्तमान सरकार भागबन्डामै २० प्रतिशत समय खेर फालेको उहाँले टिप्पणी गर्नुभयो । ‘कार्यकाल सवा वर्ष छ । २० प्रतिशत भाग यसै गयो । खाली पदको चिन्ता । देशको समय बर्बाद भयो,’ उहाँले भन्नुभयो ।