काठमाडौं– बेलाबेला चर्चामा आइरहने चर्चित व्यवसायी दुर्गा प्रसाईं धनगढीमा मंगलबार ‘मोटिभेसनल स्पिकर’का रुपमा प्रस्तुत हुनुभयो ।
धनगढीमा सयौं युवाहरुलाई उहाँले सफलताका सुत्रहरुमात्रै सुनाउनुभएन आफ्नो सफलताको कथा र जीवनोपयोगी टिप्सहरु पनि दिनुभयो । ‘मेरो पहिलो भनाइ आशावादी बनौं किन भने, हजारौं निराशवादीहरुको भिडले भन्दा एउटा आशावादी मान्छेले धेरै काम गर्न सक्छ,’ उहाँले आफ्नो भनाइ सुरु गर्नुभयो, ‘निराषाले अनावश्यक आशु दिन्छ र रुदा एक्लै रुनु पर्छ जसको कुनै अर्थै छैन ।’
‘गरिब भएर जन्मनु पाप होइन तर गरिबै रहेर मर्नु भने महापाप हो’ भन्ने उत्ति राख्दै प्रसाईंले उत्प्रेरित गर्नुभयो, ‘ मानिसको जन्म नै अति महत्वपूर्ण छ, ३०० हजार खर्ब सम्भावनालाई जितेर जन्मनु भएको तपाईले आफ्नो जीवन त्यत्तिकै खेर फाल्नु हुँदैन, तसर्थ यो जुनीमा केहि उल्लेख्य कर्म गरेर छोडौं । इमान्दार भएर हिम्मत गर्ने हो भने संसारलाई मुठ्ठीमा राख्न सकिन्छ तर हार्नु नहुने कुरा भनेकै हिम्मत हो ।’
मेडिकल कलेज, अस्पतालसहित विभिन्न व्यवसायमा लगानी गर्नुभएका उहाँले आफ्नै कथा यसरी सुनाउनुभयो
– श्रम गर्न कहिल्यै लाज लागेन
– भैसी पालेँ, गाई पालेँ, घाँस काटेको छु, गोबर सोरेको छु, पत्कर सोरेको छु, पसल पसलमा दुध बेच्न हिडेको छु तर मलाई श्रम गर्न कहिल्यै लाज लागेन ।
– छोरा छोरी दुवैलाई डाक्टर पढाएँ, मैले पढ्न नपाएको पछुतो बल्ल मेटियो ।
मेडिकल कलेज र अस्पतालको कथाचाहिँ यस्तो थियो–
– बिर्तामोडमा बाबु बाजेले जोडेको राम्रै जग्गा जमिन थियो
– म र मेरो परिबार विदेश गएर बस्न सक्थेँ, कुनै टेन्सन नलिई कनै आनन्दको जीवन बाँच्न सकिन्थ्यो ।
– तर मैले यहि देशमा केही गर्न पर्छ भन्ने ठानेँ
– परिवारका धेरै सदस्य डाक्टर भएपछि अस्पताल मार्फत जनताको सेवा गर्ने सोच बन्यो ।
– गाँउलाई रोजियो सहर त त्यसै विकसित छँदैछ ।
जागिर खाने कि रोजगारी सृजना गर्ने ?
– भरसक रोजगारी सृजना गर्ने हो नसके मात्र जागिर खाने हो ।
– विनोद चौधरी, मुकेश अम्बानी, बिल गेट्सहरुले जागिर खाएनन्, उनीहरुले जागिर दिए ।
सम्भावनाः
– हामीसँग प्रशस्त सम्भावना छ ।
केही उदाहरणहरु मात्र
– एउटा इन्सुरेन्स एजेन्टले लाखौं कमाउन सक्छ
– आधुनिक खेती पाती र पशुपालकले लाखौं कमाउन सक्छ ।
– एउटा मोटर मेकानिक्सले चाहिदो कमाई गर्न सक्छ ।
– एउटा कपाल काट्ने हजामले मासिक प्रसस्त कमाई गर्न सक्छ ।
समस्याः (समस्या हाम्रो सोचमा छ, हाम्रो कार्यशैलीमा छ )
– इजी मनी (हाम्रो मुख्य समस्या भनेको हामी इजी मनीको पछाडि दौडन्छौं।)
– जागिरे मानसिकता (हामी अरुको काम गर्छौ आफै केही गर्नै चाहदैनौं)
– सुन फल्ने माटो (हामी सँग सुन फल्ने माटो छ हामी सुन फलाउन अरब तिर दौडिन्छौ)
– जडिबुटीको खानी (हामी सँग सन्जिवनी फल्ने माटो छ तर हामी माटो सँग खेल्न लजाउँछौं)
– अरुलाई गाली (हामी अधिकांश समय अरुको आलोचना गरेर बिताउँछौं)
प्रतिक्रिया