काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध एमाले नेता गोकुल बाँस्कोटाले आक्रोश व्यक्त गर्नुभएको छ ।
आगामी चुनावमा एमाले ‘पत्तासाफ हुने’, ‘टर्च बालेर खोज्नुपर्ने’जस्ता टिप्पणी नेपालले गरेपछि पूर्वमन्त्रीसमेत रहनुभएका एमाले केन्द्रीय सदस्य बाँस्कोटाले नाम नलिइकन ‘एमालेविरुद्ध कुर्लिनेहरू’ भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
‘भ्यागुतालाई समुद्र मन पर्दैन, किनकि कुवा नै उसको समुद्र हो। त्यसैले उसलाई त्यहीँ रमाउन दिनुपर्छ,’ आइतबार राति बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘र, मुसा मोटाएर क्विन्टल अनि हात्ती दुब्लाएर छटाक हुँदैन। एमालेकै दालभात खाएर आजतक जीवन चलाउँदै एमालेकै विरुद्ध कुर्लनेहरूले छिट्टै यो कुरा स्वीकार्न बाध्य हुनेछन्।’







प्रतिक्रिया