अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस नेता एवं संविधानसभा सदस्य राजवंसी एमाले प्रवेश

काँग्रेस नेता एवं संविधानसभा सदस्य राजवंसी एमाले प्रवेश


काठमाडौं -नेपाली काँग्रेसका पुराना नेता एवं संविधानसभा सदस्य अमृतलाल राजवंसी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ बालकोटमा राजवंसीलाई एमाले प्रवेश गराउनु भएको हो ।
सो अवसरमा अध्यक्ष ओलीले नयाँ पुराना दुवै प्रकारका राजनीतिकर्मीहरुको आकर्षण एमाले भएको बताउनुभएको छ । काँग्रेस हुँदा सिकेका राम्रा कुरा एमालेमा उपयोग गर्न र त्यहाँ भएका विसंगी र विकृति उतै छाडिदिन अध्यक्ष ओलीले राजवंसीलाई आग्रह गर्नुभएको छ । पार्टीका नव प्रवेशीहरुलाई एमालेले उचित जिम्मेवारी दिने ओलीले बताउनुभएको छ ।
आफूले काँग्रेसमा लामो योगदान गरे पनि त्यसको कहिल्यै मूल्यांकन नभएको,देश र जनताको पक्षमा केपी ओलीको जस्तो अडान अरु कुनै नेतामा नदेखेकोले आफू एमाले प्रवेश गरेको राजवंसीले बताउनुभयो । कार्यक्रममा एमाले प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य देवेन्द्र दाहाल,जिल्ला अध्यक्ष चिन्तन पाठक लगायत झापाली नेताहरु सहभागी हुनुहुन्थ्यो ।