अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित


काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएकोसम्बन्धी प्राप्त पत्रको व्येहोरा पढेर सुनाउनुभयो ।

दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक यही असोज ७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराउनुभयो ।

उहाँले राष्ट्रियसभाबाट आजै पारित ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराउनुभएको हो ।

बैठक प्रारम्भ हुनेबित्तिकै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते १ बजे बस्नेछ ।