काठमाडौं- नेकपा एमालेले पार्टीको सुदूरपश्चिम इन्चार्ज विवाद मिलाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको थियो । उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टमध्ये एकजनालाई जिम्मेवारी दिएर अर्का नेतालाई नयाँ जिम्मेवारी दिने तयारी भएको सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
पार्टी २०७५ जेठ २ मा फर्किएपछि एमालेको सुदूरपश्चिम इन्चार्ज विवाद यथावत् छ ।
रावल र भट्टको जिम्मेवारी विवादमा उच्चस्तरीय कार्यदलका नेताहरूसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मिलाउने उहाँको भनाइ छ । उपाध्यक्ष रावलले पार्टी जेठ २ मा फर्कने सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजलाई थप समृद्ध बनाउने बारे छलफल भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।







प्रतिक्रिया