अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल निर्वाचित

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल निर्वाचित


जनकपुर- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित हुनुभएको छ ।

संसदीय दलको बैठकमा सर्वसम्मतीको प्रयास सफल नभएपछि शीर्ष नेताहरुको उपस्थितिमा राती भएको मतदानबाट सोनल दलको नेतामा निर्वाचित भएका हुन्।

लोसपाका १६ जना प्रदेशसभा सदस्यहरुमध्ये ९ जनाले सोनलको पक्षमा मतदान गरेका थिए। प्रदेशसभा सदस्य उपेन्द्र महतोले ६ मत ल्याउनुभयो । एक मत बदर भएको थियो।

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ सरकारमा सहभागी हुँदा पनि संसदीय दलको नेता सोनल नै रहनुभएको थियो ।