काठमाडौं–अध्यादेश सम्बन्धी विवाद टुंगो लागेका कारण मन्त्रिपरिषद विस्तार गर्नका निम्ति बाटो खुलेको छ ।
सत्ता गठबन्धनबीच सहमति जुट्ने बित्तिकै नयाँ मन्त्री चयन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गर्नुभएको छ । तर, उपप्रधानमन्त्री नराख्ने रणनीति प्रधानमन्त्री देउवाले बनाउनुभएको छ ।
उपप्रधानमन्त्री राख्ने अवस्थामा कांग्रेसबाट प्रकाशमान सिंह र विमलेन्द्र निधिले समेत दाबी गर्ने सम्भावना देखिन्छ । यसैगरी, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र देवेन्द्र पौडेलमध्ये कसको नेतृत्वमा सरकारमा जाने भन्ने देखिएको छ ।
त्यसैगरी, नेकपा एमालेबाट राजीनामा दिएर बस्नुभएका वामदेव गौतमले पनि उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने प्रस्ताव माधव नेपालले राखिरहेको स्रोतको दाबी छ । त्यसैले प्रधानमन्त्री देउवाले आफ्नो पार्टी र सत्ता गठबन्धन दलबाट पनि कनिष्ठ नेताहरुलाई उपप्रधानमन्त्री मन्त्री बनाउन नचाहेको स्रोतको दाबी छ ।







प्रतिक्रिया