अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् विस्तारः दाहालको माग कम्तिमा थप ५ मन्त्रालय

मन्त्रिपरिषद् विस्तारः दाहालको माग कम्तिमा थप ५ मन्त्रालय


काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्तिमा थप ५ मन्त्रालय माग्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रचण्डले वर्तमान दुईसहित सात मन्त्रालय माग्नुभएको हो । प्रधानमन्त्री माधवकुमार नेपाललाई ६ मन्त्रालय दिने भनेपछि दाहालले आफूलाई सात मन्त्रालय हुनुपर्ने अडान राख्नुभएको छ ।

प्रधानमन्त्रीले भने कांग्रेसभित्रको आन्तरिक समस्यालाई बुझिदिन भन्नुभएको छ । कांग्रेसमा पनि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहलाई मन्त्री बाँड्दा देउवासँग अहिले रहेका चार जनामात्रै सीमित हुने अवस्था छ ।

भेटमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम तयारी गर्नुभएको छ ।

पार्टीका तर्फबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा बस्दैछ ।

पार्टीको स्थायी कमिटी बैठकअघि प्रचण्डले प्रधानमन्त्री देउवासँग छलफल गर्नुभएको हो ।