अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक

प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक


काठमाडौं– प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ ।

सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गर्न लाग्नु भएको हो । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।