काठमाडौं– नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनका लागि प्रतिनिधि टुंगो लागेको छ ।
संसद्को ठूलो दल एमालेले ६३४७ प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो । आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ ।
महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उद्घाटन सत्रलाई पार्टी अध्यक्ष ओलीलगायतका नेताहरुले सम्बोधन गर्नु हुनेछ ।
विधान महाधिवेशनमा निम्नानुसार प्रतिनिधिहरु सहभागी हुने तय भएको छ:
१. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु– १९६
२. केन्द्रीय आयोग तथा परिषद्– २१३
३. केन्द्रीय विभाग– ३१०
४. जनसंगठन– २२०
५. प्रदेश कमिटी– २२७१
६. उपत्यका विशेष कमिटी– १९८
७. सम्पर्क समन्वय कमिटी– ३६०
८. जिल्ला कमिटीक पदाधिकारी– ३६४
९. निर्वाचन क्षेत्रबाट– ४०७
१०. प्रवास क्षेत्र– १२६
११. स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
१२. एकता प्रक्रियाबाट समायोजन– ५३२
केन्द्रीय कमिटीबाट मनोनयन– ५६६
जम्मा– ६३४७





प्रतिक्रिया