अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी छाडेर पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर एमालेमा

माओवादी छाडेर पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर एमालेमा


काठमाडौं- पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर तथा नेपाल कराते महासंघ अन्तर्राष्ट्रिय रेफ्री चित्रबहादुर राना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य गुलावजंग शाहले रानालाई पार्टीमा स्वागत गर्नुभएको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको दश वर्षे युद्धमा पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डरका रुपमा रहनुभएका राना एकीकृत नेकपा माओवाद बागचौर नगर कमिटीका सदस्य हुनुहुन्थ्यो । राना बागचौर १० पिपलनेटा निवासी हुन् ।

आफू पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डर र बागचौर नगरकमिटीमा रहेर एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा लामो समय सेवा गरेको सम्झदै उहाँले आफू खेल जगतको ब्यक्ति भएको र आफ्नो सम्पुर्ण गुरु तथा खेल क्षेत्रका साथीहरु एमालेमा रहेकाले आफू पनि उनीहरुसँग रहन पार्टी प्रवेश गरेको बताउनुभयो ।

‘म जनमुक्ति सेना र बागचौर नगर कमिटीमा रहँदा सबै माओवादी साथीहरुसँग मित्रवत व्यवहार गरेको छु । कुनै साथीहरुप्रति मेरो रिसिबी र आग्रह –पूर्वाग्रह भएर माओवादी पार्टी छाडेको होइन,’ रानाले भन्नुभयो।