काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रथम विधान महाधिवेशन उदघाटन गर्नुभएको छ ।
अध्यक्ष ओलीले गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा कडा सुरक्षाबीच सुरु भएको विधान सम्मेलन उदघाटन गर्नुभएको हो । उद्घाटन सत्रलाई पार्टी अध्यक्ष ओलीलगायतका नेताहरुले सम्बोधन गर्नु हुनेछ ।
महाधिवेशनमा अध्यक्ष मण्डलसहितका केही कमिटीहरु गठन भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसद्को ठूलो दल एमालेले करिब छ हजार प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित
उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।





प्रतिक्रिया