अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस

अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस


काठमाडौं- नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।

गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । आज नै ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गर्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार ५ सय प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदनसँगै सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।