अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली काँग्रेस प्रमुख प्रतिष्पर्धी भएको एमालेको निष्कर्ष

नेपाली काँग्रेस प्रमुख प्रतिष्पर्धी भएको एमालेको निष्कर्ष


ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढुलमुले र यथास्थितिवादी भए पनि नेपाली कांग्रेस नै आफूहरुको मुख्य प्रतिस्पर्धी रहेको बताउनुभएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा ओलीले ुनेपाली काङ्ग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छु ओलीले भन्नुभएको छ ,तर यही यो पार्टी हाम्रो मुख्य प्रतिस्पर्धी पनि हो ।
ओलीले माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर, अवसरवादी र विभाजनकारीको संज्ञा दिनुभएको छ।
त्यसैगरी मधेस केन्द्रित दल सङ्कीर्ण रहेको पनि उनको निष्कर्ष छ। मधेस केन्द्रित दल संकिर्ण, यथास्थितिवादी र राष्ट्रियताका विषयलाई असर पुर्‍याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छु ओलीले भनेका छन्।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै अहिले पनि कतिपय दलहरु राजतन्त्र फर्काउन लागिरहेको बताएका छन्। कतिपय दलहरु राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्ु, ओलीको प्रतिवेदनमा भनिएको छ, ुयसमा हाम्रो आपत्ति र विरोध छ