काठमाडौं-वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-८ बगहा घर भइ हाल भक्तपुर सल्लाघारी बस्दै आएका ३३ वर्षीय शंकर लामा रहेका छन् ।
लामालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
लामाले काभ्रे बेथानचोक गाउँपालिका-६ का आशिष थापालाई वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइ काम लगाइदिन्छु भनी ठगेका थिए । लामाले थापाको नागरिकता तथा सक्कल कागजात र मोबाइल बैंकिङको पिन कोड नियन्त्रणमा एनआइसी एसिया बैंकबाट रु. ४ लाख ८० रुपैयाँ प्रदिप श्रेष्ठ नामको ग्लोबर र सिद्धार्थ बैंकको खातामा ट्रान्सफर गरेका थिए ।
पक्राउ परेका लामालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।





प्रतिक्रिया