अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशन

वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको माग चर्कियो

वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको माग चर्कियो


काठमाडौं– एमालेको विधान महाधिवेशन प्रतिनिधिहरूले वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको माग गरेका छन् ।

समूहगत छलफलमा उनीहरूले वरिष्ठ उपाध्यक्षको पद थप गर्नुपर्ने र उपमहासचिव यथावत् राख्नुपर्ने बताएका छन् । साथै उपाध्यक्ष र सचिवको संख्या बढाउन जोड दिएका छन् । ‘धेरै प्रतिनिधिको चासो विधानमा रहेको व्यवस्था र त्यसमा पनि पदाधिकारीमा देखिन्छ,’ एक स्थायी कमिटी सदस्यले भने ।

विधान महाधिवेशन प्रतिनिधिहरूले माओवादी केन्द्रसँगको एकता प्रक्रियाबाट आएका र माधवकुमार नेपालसँग लामो समयनिकट रहेका नेताहरूलाई समेत व्यवस्थापन गर्ने गरी धेरै पद सिर्जना गर्नुपर्ने धारणा राखेका उनीहरुको छ ।

गण्डकी प्रदेशका तर्फबाट आज दिइएको सुझावमा पनि वरिष्ठ उपाध्यक्ष पद राख्नुपर्ने, उपाध्यक्षको संख्या ८ बनाउनुपर्ने र उपमहासचिव कायमै राख्नुपर्ने सुझाव आएको छ ।