अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वालुवाटार प्रकरण: बाबुराम र माधव नेपालविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

वालुवाटार प्रकरण: बाबुराम र माधव नेपालविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा


काठमाडौं- बालुवाटार ललिता निवासको जग्गा प्रकरणमा सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्ध चलाएको मुद्दाको आज (सोमबार) सुनुवाई गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाई गर्ने अदालत स्रोले जनाएको छ । अदालतले आज उक्त मुद्दा पेशीमा चढाएको छ।

दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।