अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्छ : मातृका यादव

लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्छ : मातृका यादव


काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने बताउनुभयो ।

सोमबार कानून न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले लिभिङ टुगेदरलाई दर्ता गर्नुपर्ने बताउनुभयो । ‘लिभिङ टुगेदरको पनि दर्ता गरियोस् । यो अस्थायी बिहे हो । चोरी-चोरीकन बस्छन् र अपराध हुन्छ । यी विषयहरूलाई क्लियर गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

सांसद यादवले विवाहको उमेर पनि घटाउनुपर्ने माग गरेका छन् । मुलुकी देवानी संहिता-२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ ।

समितिका सभापति कृष्णभक्त पोखरेलले विद्यमान कानूनमा शारीरिक सम्पर्कका लागि १८ र विवाहका लागि २० वर्ष तोकिएकाले पनि समस्या निम्तिएको बताउनुभयो ।