अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘चन्द्र न्यौपाने स्मृति पत्रकारिता पुरस्कार’को अक्षयकोष स्थापना

‘चन्द्र न्यौपाने स्मृति पत्रकारिता पुरस्कार’को अक्षयकोष स्थापना


चितवन- रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)ले कोरोना संक्रमणबाट ज्यान गुमाउनु भएका अध्यक्ष चन्द्र न्यौपानेका नाममा पुरस्कार स्थापना गरेको छ ।

सौराहामा आज बसेको बानको बैठकले हरेक वर्षमा रु. १ लाख १ हजार १११ रूपैयाँको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सो बैठकले केन्द्रीय सदस्य गणेश पोखरेललाई कार्यविधि बनाउने जिम्मा दिएको छ । अध्यक्ष न्यौपानेको स्मरणमा हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने बानले जनाएको छ । यसैगरी बैठकले माघ तेस्रो हप्ता अधिवेशन पनि गर्ने निर्णय गरेको छ ।

बानका अध्यक्ष न्यौपानेको गत जेठ १४ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । विराट मेडिकल कलेजमा उपचारको क्रममा ५० वर्षीय न्यौपानेको मृत्यु भएको हो । बान अध्यक्ष न्यौपाने प्रेस चौतारी नेपालका सल्लाहकार र सप्तकोसी एफएमका स्टेशन म्यानेजर हुनुहुन्थ्यो ।