काठमाडौं – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको स्पष्ट पार्नुभएको छ । पार्टीको विधान महाधिवेशनमा कसैले पनि फरक मत दर्ज नगरेको उहाँले बताउनुभयो ।
सोमबार पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेको पत्रकारसँग कुरा गर्नुहुँदै पौडेलले विचार, संगठनसहित पार्टी सबै हिसाबले एकतावद्ध रहेको दाबी गर्नुभएको छ ।
उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुष्टि गर्नुभयो । विधान महाधिवेशनको उपस्थिति, छलफल र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उहाँले बताउनुभयो । ‘स्वार्थवस, कुण्ठावस र इस्र्यावस केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छाडेकाहरु पुनः फर्किने क्रम शुरु भएको समेत जानकारी गराउनुभयो ।





प्रतिक्रिया