अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तातोपानी नाका खोल्न सरकारले चीनसँग कूटनीतिक पहल गर्छ : परराष्ट्रमन्त्री खड्का

तातोपानी नाका खोल्न सरकारले चीनसँग कूटनीतिक पहल गर्छ : परराष्ट्रमन्त्री खड्का


काठमाडौं–परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकस्थित नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्न चिनियाँ पक्षसँग कूटनीतिक पहल गर्ने बताउनुभयो ।

सोमबार कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीसँगको भेटमा मन्त्री डा.खड्काले बाढी-पहिरोले तहसनहस बनाएकोले तातोपानी नाका सुचारु गर्न सके सिन्धुपाल्चोकको आर्थिक अवस्था सुधार हुने भन्दै भन्सार नाका खोल्न चिनियाँ पक्षसँग कूटनीतिक पहल गर्ने बताउनु भएको हो । उहाँले यस विषयमा सरकारले गम्भीर भएर सम्बोधनका लागि प्रयास गर्ने पनि बताउनुभयो ।