अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-२ को मुख्यमन्त्रीविरुद्ध कारबाही माग गर्दै जनमत पार्टीको नाराबाजी

प्रदेश-२ को मुख्यमन्त्रीविरुद्ध कारबाही माग गर्दै जनमत पार्टीको नाराबाजी


जनकपुरधाम- सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदर्शन गरेको छ ।

मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमा अनियमितता भएको भनी अख्तियारले कागजात नियन्त्रणमा लिएको थियो । प्रदेश सरकारले अनियमितताकै कारण अख्तियारले छापा मारेको भन्दै कारबाहीको माग गर्दै सोमबार विभिन्न ठाउँमा मोटरसाइकल ¥याली, जुलुस सहित मुख्यमन्त्री कार्यालयको गेट अगाडि नाराबाजी गरेको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले ‘भ्रष्टाचारी पार्टी मधेश छोड, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।