अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वयुवराज पारस शाहको निवासबाट चोरी गर्ने एकजना पक्राउ

पूर्वयुवराज पारस शाहको निवासबाट चोरी गर्ने एकजना पक्राउ


काठमाडौं- पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिनुभएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो । गौतम शाहको निवासका कामदार हुन् ।

शाहको निवासबाट क्यामरा, दुई थान आइप्याड, दुई थान दुरविन र नोकिया सेट चोरी भएको हो । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताउनुभयो । गौतमलाई महानगरीय प्रहरी वृत महाराजगंजमा राखिएको छ ।