काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमर्पण गरेको भन्दै १० नेताप्रति गरेको टिप्पणीप्रति एमाले उपाध्यक्ष भीम रावलले आपत्ति जनाउनुभएको छ ।
‘एमाले फुटाउन १० भाइ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै झुक्याएर आत्मसमर्पण गरे भन्ने हास्यास्पद तर्क गर्नुभएको रहेछ। एमालेका नेताहरू सोही पार्टीमा रहँदा ‘आत्मसमर्पण’ हुने तर ‘जनयुद्ध’ बाट सत्ता हत्याउँछु भन्नेले गिरिजादेखि देउवासम्म कांग्रेसको पछि लागि पद हत्याउँदा आत्मसम्मान हुने ?,’ उहाँले ट्विट गर्नुभएको छ ।





प्रतिक्रिया