कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–८ का ४५ वर्षीय बब्लु केवट र वडा-९ का चार वर्षीय बालकको मृत्यु भएको हो ।
झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको भने गम्भीर अवस्थाका सात जनालाई अन्यत्र रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो । दूषित पानीका कारण झाडा-पखाला फैलिएको पाण्डेले बताउनुभयो ।
झाडापखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालयबाट औषधि र जनशक्ति कृष्णनगर पठाइसकिएको पाण्डेले बताउनुभयो ।
नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा राति १२ बजेदेखि झाडापखाला लाग्ने बिरामीको संख्या बढेको हो ।
के कारणले झाडापखाला फैलिएको हो, पानी कहाँ कसरी दूषित भयो भन्ने विषयमा खोजी भइरहेको पाण्डेले बताउनुभयो ।





प्रतिक्रिया