अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभामा एमाले सांसद्को नाराबाजीबीच वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभामा एमाले सांसद्को नाराबाजीबीच वार्षिक प्रतिवेदन पेश


काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’ भन्दै नाराबाजी गरेका छन् । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक निरन्तर अवरूद्ध गर्दै आएको छ ।

प्रतिपक्षी दलको अवरोधकै बीचमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट “राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७” पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २२ गते शुक्रबार दिन १ बजे बस्नेछ ।