अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर


काठमाडौं-खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन हुनुभएको छ।

ललितपुरमा मंगलबार भएको चौधौं साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

यस्तै साधारणसभाबाट उपाध्यक्षमा पत्रकार निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई चयन गरिएको छ ।

त्यसैगरी थप दुई सदस्यपछि मनोनयन गर्ने गरी पत्रकार हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतमलाई सदस्यमा चयन गरिएको छ ।

कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।