अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर घुससहित पक्राउ

जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर घुससहित पक्राउ


काठमाडौं- जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सब–इन्जिनियर दिपेन्द्रकुमार केसी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग दुई लाख घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले केसीलाई पक्राउ गरेको हो ।

कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम काम सकिएपछि अन्तिम बिल भुक्तानीका दिने क्रममा सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ ।

केसीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।