अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान संशोधन

एमालेका कुन प्रदेश कमिटीको आकार कत्रो हुन्छ ? (सूची सहित)

एमालेका कुन प्रदेश कमिटीको आकार कत्रो हुन्छ ? (सूची सहित)


काठमाडौं– नेकपा एमालेले विधान संशोधन मार्फत आफ्ना कमिटीका सदस्य संख्यामा भारी कटौती गरेपछि कुन प्रदेशमा अब कस्ता र कत्रा कमिटी बन्लान् भन्ने बहस सुरु भएको छ ।

विधान महाधिवेशनमा उपमहासचिव विष्णुप्रसाद पौडेलले पेस गरेको प्रतिवेदन र त्यसमा आएका सुझावका आधारमा प्रदेश र त्यसभन्दा मुनीका सबै कमिटीहरुको आधार संख्या ५० जनालाई मानिएको छ । त्यसपछि संघीय र प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर कमिटीमा प्रतिनिधित्व गर्नेहरुको संख्या निर्धारण हुने भएको छ । अब प्रदेशमा रहेका संघीय निर्वाचन क्षेत्रका आधारमा हरेक प्रदेशका कमिटीको संख्या तय हुने भएको छ । जस अनुसार प्रदेश अनुसार सदस्यहरुको संख्या फरक फरक हुने भएको छ ।

उपमहासचिव पौडेलले पेस गरेको र महाधिवेशन प्रतिनिधिहरुले दिएको सुझावका आधारमा अन्तिम रुप दिइएको विधान अनुसार एमालेका सातै प्रदेशका कमिटीहरुको आकार कत्रो हुन्छ भनेर नेपाली बहस विश्लेषण गरेको छ । प्रदेश सरह हैसियत भएको विशेष कमिटीमा के कति संगठनहरु रहने र कति सदस्य हुने भन्ने कुरा नियामवलीमा स्पष्ट हुने पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । ‘भौगोलिक कमिटीहरुमा के कति सदस्य हुने स्पष्टै छ तर विशेष कमिटीको आधार संख्या ५० नै हो तर अरु के कति संख्या र कसरी प्रतिनिधित्व गराउने नियमावलीमा टुंगो लाग्छ,’ तामाङले भन्नुभयो ।