काठमाडौं- भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता भारत जाने भएका छन्।
पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा बिहीबार टोली भारत जान लागेको हो । टोलीमा कांग्रेस नेता अजय चौरासिया र उदय शमशेर राणा पनि हुनुहुन्छ ।
नेता महतले भाजपाकै निमन्त्रणामा जान लागेको जानकारी दिनुभयो ।
यस अघि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाको टोलीले नेपाल भ्रमण गरिसकेको छ। भ्रमणका क्रममा प्रमुख राजनीतिक दलका नेतासँग भेट गरेका थिए ।





प्रतिक्रिया