अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तामाङसहित १२ जनालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

तामाङसहित १२ जनालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडौं- ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेकाहरुविरुद्ध सिभिल सहकारीका वचतकर्ताले ठगी उजुरी दिएका थिए । सोही उजुरीको आधारमा तामाङसहित १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई सीआईबीले बुधबार काठमाडौं जिल्ला अदालत पेश गरेको थियो । उनीहरुमाथि थप अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम महतोले जानकारी दिनुभयो ।

बुधबारदेखि अदालतमा दशैं विदा हुने भएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालतमा दशैं विदा भएता पनि यसबीचमा बन्दी प्रत्यक्षीकरण रिट भने सुनुवाइ हुने भएको छ ।