अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्रशम्शेरलाई प्रमुख अतिथि बनाएको भन्दै वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च बारको चियापान कार्यक्रम बहिस्कार

चोलेन्द्रशम्शेरलाई प्रमुख अतिथि बनाएको भन्दै वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च बारको चियापान कार्यक्रम बहिस्कार


काठमाडौ वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् ।

दशैंको अवसरमा सर्वोच्च बारले बुधबार चियापान कार्यक्रम राखेको थियो । सोही कार्यक्रम प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो ।

मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने समयमा प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानून व्यवसायीहरुले सर्वोच्च बारको चियापान बहिस्कार गरेका छन् ।

वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश जबरा पनि चियापान कार्यक्रममा उपस्थित हुनुभएन । चियापन कार्यक्रमा सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोज शर्मा र नहकुल सुवेदी उपस्थित हुनुहुन्थ्यो ।