अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैं बिदामा घर जाने कर्मचारीलाई नि:शुल्क बस र हवाई सेवा दिँदै सेना

दशैं बिदामा घर जाने कर्मचारीलाई नि:शुल्क बस र हवाई सेवा दिँदै सेना


काठमाडौं – नेपाली सेनाले वडादशैंका उपलक्ष्यमा बिदामा घर जाने सैनिक तथा तिनका परिवारलाई काठमाडौं उपत्यकाबाट देशका विभिन्न स्थानसम्म जान र आउन निःशुल्क बस सेवा र हवाई सेवाको व्यवस्था सुरु गरेको छ ।

सोमबारदेखि विजयादशमीको भोलिपल्ट एकादशीको दिनसम्म बिदा जाने बहालवाला सैनिक र तिनको परिवारलाई घरसम्म पुयाउने व्यवस्था गरेको हो ।

नजिक र धेरै जनालाई पुर्‍याउनु पर्ने ठाउँमा सेनाको आफ्नै बसले पुर्याइ दिने छ । यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ ।

सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा बस सेवा र सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी र हिमाली क्षेत्रमा हवाई उडान सञ्चालन गर्ने योजना सेनाको छ ।  हालसम्म बस सेवाबाट ५२० जना र हवाई उडानमार्फत ८६ जना लाभान्वित भएका छन् ।