अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुड बिगार्दै माधव नेपाल, निकटवर्तीहरुसँग गुनासो- ‘देउवा र प्रचण्डले धोका दिए’

मुड बिगार्दै माधव नेपाल, निकटवर्तीहरुसँग गुनासो- ‘देउवा र प्रचण्डले धोका दिए’


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरे पनि सम्भव नहुने भएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जान अनिच्छा देखाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना कम भएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी फुटाए नेपाललाई ८ वटासम्म मन्त्रालय दिने आश्वासन दिए पनि उपेन्द्र यादवसरह ४ वटामा टक्टक्याएपछि स्थिति बिग्रिएको छ । नेपालले देउवा र प्रचण्डले धोका दिएको आफू निकटवर्तीहरुसँग बताउनुभएको छ ।

चार जनामात्रै मन्त्री हुँदा नेपालसमर्थित धेरै सांसदहरु एमालेमै फर्किने सम्भावना उत्तिकै छ ।

आफ्नो तर्फबाट सरकारमा सहभागी गराउने मन्त्रीको नाम टुङ्गो लगाउन जनता समाजवादी पार्टी (जसपा) आज बिहानैदेखि छलफलमा जुटेको छ । अहिले जसपाका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

सरकारमा क–कसलाई पठाउने भनेर निश्चित गर्न सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा अध्यक्षसहित तीन शीर्ष नेताको बैठक बसिरहेको हो । अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता डा। बाबुराम भट्टराई र अशोक राई मन्त्रीको नाम टुंगो लगाउन बैठकमा बस्नुभएको छ ।

चार जनामध्ये दुई जनाको नाम करिब करिब टुङ्गो लागेको ती नेताले दावी गरेका छन् । महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का भएको बताइएको छ । इस्तियाक राई र अमृता अग्रहरीमध्ये एक र अन्य एक जनाको नाम टुङ्गो लगाउन बाँकी छ ।