काठमाडौं- नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको निधन भएको छ ।
काठमाडौं –४ बुलबुलेस्थित निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले चतुर्वेदीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभयो ।





प्रतिक्रिया