अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसले चार मन्त्रालयसहित दुई मुख्मन्त्री पाउने

नेकपा एसले चार मन्त्रालयसहित दुई मुख्मन्त्री पाउने


काठमाडौं- नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा चारवटा मात्र मन्त्रालय पाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाउने नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दाबी गरेको सो पार्टीले दुई मुख्मन्त्री पाउने भएको छ । प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । प्रदेश-१ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएको छ ।