अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विरोध खतिवडा स्वास्थ्य मन्त्री, पर्यटनमा रामकुमारी

विरोध खतिवडा स्वास्थ्य मन्त्री, पर्यटनमा रामकुमारी


काठमाडौं– नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।

समाजवादीबाट खतिवडासँगै रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसान मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

झाँक्रीलाई पर्यटन मन्त्री बनाइने भएको छ ।

जनता समाजवादी पार्टी ९जसपा०ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।

स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।