अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् कांग्रेसका नयाँ मन्त्री : रक्षामा मिनेन्द्र, कानूनमा दिलेन्द्र,महिलामा उमा र खानेपानीमा उमाकान्त

यी हुन् कांग्रेसका नयाँ मन्त्री : रक्षामा मिनेन्द्र, कानूनमा दिलेन्द्र,महिलामा उमा र खानेपानीमा उमाकान्त


काठमाडौं- कांग्रेसले आफ्नोतर्फबाट मन्त्री हुने सांसदहरूको नाम टुंगो लगाएको छ ।

मन्त्री हुनेहरूमा रक्षामा डा. मिनेन्द्र रिजाल, कानून, न्याय तथा संसदीय मामिलामा दिलेन्द्र बडु, महिला तथा बालबालिकामा उमा रेग्मी र खानेपानीमा उमाकान्त चौधरी छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइने भएको छ ।

यसअघि कांग्रेसबाट बालकृष्ण खाण गृह र डा. नारायण खड्का परराष्ट्र तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।