अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीशलाई सरकारमा भाग दिएर देउवाले लोकतन्त्र समाप्त पार्न खोजे : शेखर कोइराला

प्रधानन्यायाधीशलाई सरकारमा भाग दिएर देउवाले लोकतन्त्र समाप्त पार्न खोजे : शेखर कोइराला


विराटनगर – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले विस्तार गर्न लागेको मन्त्रिपरिषदमा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र, प्रजातन्त्र समाप्त पार्ने खेल गरिरहेको आरोप लगाउनुभएको छ ।

कोइराला निवासमा शुक्रवार कुरा गर्दै उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मन्त्रिपरिषदमा भाग दिए शक्ति सन्तुलनको सिद्धान्त बिग्रने र त्यसको प्रभाव लोकतन्त्र र प्रजातन्त्रमा पर्ने बताउनुभयो ।

प्रधानन्यायाधीशलाई मन्त्रिमण्डलमा हिस्सा दिँदा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन समाप्त भएर जाने उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले प्रदेश १ र बागमती गरी दुवै प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिएकोमा समेत आपत्ति जनाउनुभयो । प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिएर पार्टीका प्रदेश सांसद, नेता तथा समग्र कार्यकर्ताको मानमर्दन भएको उनका बुझाइ रहेको छ । एउटा मन्त्रीसँग दुईवटा मुख्यमन्त्री साट्नु गलत भएको उहाँको धारणा थियो । उहाँले विराटनगर आउँदा पटक–पटक एउटा नेतृत्व कांग्रेसले गर्ने अडान लिँदै आएका थिए ।