अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानूनमन्त्री बडुद्वारा पदभार ग्रहण

कानूनमन्त्री बडुद्वारा पदभार ग्रहण


काठमाडौं-नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सिंहदबारस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आजै सपथ ग्रहपछि उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै विशेष परिस्थितिमा बनेको सरकार भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

“यो सरकार विशेष समयमा बनेको हो, यसका निश्चित कार्यभार छन्”, मन्त्री बडुले भन्नुभयो, “मलाई पूर्णरूपमा सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु ।” मन्त्रालयका सचिव उदयराज सापकोटाले कानून बमोजिम गर्न मिल्ने काममा सबै कर्मचारीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बडु वि.सं. २०६४ मा सञ्चार राज्यमन्त्री बन्नुभएको थियो । उहाँले नेपाली कांग्रेसकोे प्रवक्ताको जिम्मेवारी निर्वाह गरीसक्नु भएको छ ।