काठमाडौं – एक पूर्वप्रधानन्यायाधीशले मन्त्रिपरिषद् विस्तारमा भागबन्डा खोजेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई तत्काल महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ ।
शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीशले न्यायसम्पादनमा लेनदेन गरेर सत्ता साझेदारीमा भागबन्डा लिएको भन्दै उहाँ विरुद्ध तत्काल महाअभियोग लगाउनु पर्ने टिप्पणी सार्वजनिक हुन थालेको हो ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राणा विरुद्ध महाअभियोगको अपील गर्नुभएको नेपालवाचले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकछिन पनि ढिला नगरी संसदमा महाअभियोग दर्ता गरिहाल्नु पर्नेमा जोड दिनुभयो ।





प्रतिक्रिया