अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इम्प्रेसन्स इन्टरटेनमेन्टद्वारा शिव परियारको ‘पिउन शुरू गरेपछि’ गीतको म्युजिक भिडियो रिलिज

इम्प्रेसन्स इन्टरटेनमेन्टद्वारा शिव परियारको ‘पिउन शुरू गरेपछि’ गीतको म्युजिक भिडियो रिलिज


काठमाडौं – ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले’ को अपार सफलतापछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रृंखलाको फेरि अर्को गीत “पिउन शुरू गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोलसहित इम्प्रेसन्स इन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।

Delish Opera बालुवाटारमा एक कार्यक्रमकाबीच काठमाकाडौंको प्रहरी प्रमुख अशोक सिंहको प्रमुख आतिथ्यमा उक्त गीतको म्युजिक भिडियो मिडिया हबको च्यानल मार्फत् रिलिज भएको छ ।
आफ्नो व्यस्तताका बीच उपस्थित हुनुभएका काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले कार्यक्रममा सहभागी भएकोमा खुशी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायत सम्पूर्ण टीमलाई बधाइ तथा शुभकामना ज्ञापन गर्नुुभएको थियो ।

कार्यक्रमको दौरान गायक शिव परियारले पनि गीत बनाउँदाको रमाइलो पल सम्झिनुका साथै पुष्प खड्कासँग फेरि काम गर्दाको खुशी व्यक्त गर्नुभएको थियो ।


साथै, शंकर अधिकारीले गितको प्रसंसा गर्दै नायक, नायिका अनि सम्पूर्ण टीमको प्रसंसा गरेका थिए र नायक पुष्प खड्काले रविन स्वप्निल गिरीको स्मरण गर्दै सम्पूर्ण टीम तथा वडादशैंको शुभकामना व्यक्त गर्नुभएको थियो ।

मनोरञ्जन उद्योगका सिद्द हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्ल्याटिनममा यस गितको छायांकन सम्पन्न भएको थियो ।
रविन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स, अन्जली लुँइटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।

मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडियोको रूपमा आज घटस्थापनाका दिन, रिलिज गरिएको यो गीतले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।