अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको हस्तक्षेपका कारण पहिलोपटक एनआरएनए महाधिवेशन सर्‍यो

सरकारको हस्तक्षेपका कारण पहिलोपटक एनआरएनए महाधिवेशन सर्‍यो


काठमाडौं -गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन तथा दसौं महाधिवेशनको मिति सर्ने भएको छ।

परराष्ट्र मन्त्रालयले महाधिवेशन प्रतिनिधिबारे प्रश्न उठाउँदै पत्र पठाएपछि एनआरएनको विश्व सम्मेलन निर्धारित मिति अक्टोबर २३–२५० मा नहुने भएको हो।

अब आईसीसीको बैठक बसेर यसबारे निर्णय गरिने एनआरएनएका महासचिव डा. हेमराज शर्माले जानकारी दिनुभएको छ।

‘परराष्ट्रको पत्रले निर्धारित मितिमा महाधिवेशन हुन जटिल भएको छ’, उहाँले भन्नुभयो ‘यसबारे आईसीसीको बैठक बसी निर्णय गरिनेछ।’
शर्माका अनुसार परराष्ट्र मन्त्रालयले यसै साता एनआरएनएलाई पठाएको पत्रमा मुख्यतः ३ वटा निर्देशन दिइएको छ।

महासचिव शर्माले भन्नुभएको छ , ‘परराष्ट्र मन्त्रालयले संघलाई पठाएको पत्रबारे धेरै साथीहरूले जिज्ञासा राख्नुभएको छ। पत्र म आफैंले प्राप्त गरिसकेको छैन, तर अध्यक्षज्यूले टेलिफोनमार्फत दिनुभएको जानकारी पत्रको सार निम्नानुसार रहेको छ।’

पहिलोमा ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वाभ्यास अनुसार गर्ने।

दोस्रोमा एनसीसी महाधिवेशन अनिवार्य रूपमा जुलाई १ देखि ३१ तारिख सम्म सम्पन्न हुनुपर्ने र महाधिवेशन प्रतिनिधिहरुको विवरण अगस्ट १५ सम्म सचिवालयमा पठाउनुपर्ने

र, तेस्रोमा विद्यार्थीहरू सदस्य बनेका छन भने त्यसको पुनरवलोकन गर्ने।

झन्डै दर्जन मुलुकमा सम्पन्न एनआरएनए चुनावमा धाँधली भएको उजुरी परेपछि परराष्ट्र मन्त्रालयले गत महिना अध्ययन कार्यदल गठन गरेको थियो। सोही कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले तत्काललाई सम्मेलन रोक्न निर्देशन दिँदै एनआरएनलाई पत्र पठाएको हो।

तर एनआरएन महासचिव शर्माले परराष्ट्र मन्त्रालयले पठाएको पत्रको खण्डन गरेका छन्। ‘६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएको’ भन्ने परराष्ट्र मन्त्रालयको भनाइमा सत्यता नरहेको उहाँको दाबी छ।