अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने चेतावनीपछि आपूर्ति मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने चेतावनीपछि आपूर्ति मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा


काठमाडौं- सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गर्नुभएको छ ।

हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनुभयो । ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, उहाँले भन्नुभयो, ‘आज राजीनामा दिन्छु ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट हमाल मन्त्री हुनुभएको हो । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेदेखि सर्वोच्च छिर्नसमेत नदिने चेतावनी आएपछि हमाल तीन दिनमै राजीनामा दिने निर्णयमा पुग्नुभएको हो ।

हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुनुहुन्छ ।