अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ईश्वर पोखरेलले अध्यक्ष दाबी नगर्ने, वरिष्ठ उपाध्यक्षमा लड्ने संकेत

ईश्वर पोखरेलले अध्यक्ष दाबी नगर्ने, वरिष्ठ उपाध्यक्षमा लड्ने संकेत


काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंसिरमा हुने महाधिवेशनमा अध्यक्ष दाबी नगर्ने स्पष्ट पार्नुभएको छ ।

अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने अनुमान भइरहेकाबेला महासचिव पोखरेलले एमाले इतर समूहसँग लड्न अहिलेकै नेतृत्व चाहिने बताउनुभयो । दसैं तिहारका अवसरमा काठमाडौंमा आइतबार भएको चियापान कार्यक्रममा महासचिव पोखरेललाई पत्रकारले आगामी महाधिवेशनमा कुन पदमा उम्मेदवार हुने भनेर प्रश्न सोधेका थिए ।

महासचिव पोखरेलले दुई महिनाअघि काठमाडौंमा भएको चियापानमा पनि आफू नेतृत्वका लागि योग्य भए पनि अध्यक्ष ओलीसँग चुनाव नलड्ने संकेत गर्नुभएको थियो । उहाँले मुलुक एमाले र एमालेबाहेकका दलबीच ध्रुवीकरण भएको बताउँदै अर्को ध्रुवलाई परास्त गर्न ओलीको नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पोखरेल तेस्रोपटक महासचिव हुन विधानले रोक्छ । ‘म तेस्रोपटक महासचिव हुने छैन,’ उहाँको भनाइ थियो, ‘इतिहास, निरन्तरता, योग्यता र क्षमताले म कुनै पनि जिम्मेवारीका डिजर्भ गर्छु ।’