अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश कोटामा नियुक्त मन्त्री हमालको राजीनामा स्वीकृत

प्रधानन्यायाधीश कोटामा नियुक्त मन्त्री हमालको राजीनामा स्वीकृत


काठमाडौं- प्रधानन्यायाधीश कोटामा नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएको छ ।

हमालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाउनुभएको हो । उहाँको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उहाँले राजीनामा दिनुभएको हो ।

हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको थियो ।