काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आइतबार आफ्नो पार्टीका मन्त्रीहरुलाई कार्यालयमा बोलाएर आचरणको पाठ पढाउनुभयो ।
मन्त्रीहरुलाई एक अबुझ र कुलतमा फसेको छोरालाई जसरी अस्वभाविकरुपमा नेपालले पाठ पठाउनुभएको थियो । आचारण, व्यवहारमा शुद्ध हुन मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।
नेकपा (एस)बाट पहिलो श्रीमती हुँदाहुँदै दोस्रो बिहे गरेका विरोध खतिवडाको नेतृत्वमा ठेकेदार प्रेम आलेदेखि अपहरण आरोपी किसान श्रेष्ठ मन्त्री छन् ।
अध्यक्ष नेपालले भन्नुभएको थियो, ‘सिधा कुरा हो । यदि कसैसँग रक्सी खाने बानी छ भने त्यागिहाल्नुस् । असल आचरण सिक्नुस् । सादा जीवन बिताउनुस् । रक्सी खाने बानीले आफैँलाई समाजमा बदनाम गराउँछ । कसैलाई राम्रो गर्दैन । पहिले ४ पेक खाने गरेकोमा मन्त्री भइयो अब १० पेक खान्छु भनेर नबस्नुस् । सिधा कुरा हो । अनि महिलाहरूसँग नाम जोडिनेलगायतका विषयहरू नआउन् ।’
नेपाललाई किरण लोहनीले प्रश्न गर्नुभएको छ, ‘होली वाइन चाहिँ खान मिल्छ कि मिल्दैन ।’
तीन वर्षअघि काठमाडौंमा एक विवादास्पद कार्यक्रम गराएर नेपालले उपस्थित सबैलाई होली वाइन खुवाएका थिए ।
नेपालले यसअघि नै मन्त्रीहरूको नराम्रो कुरा सुनिएको खण्डमा मन्त्रीबाट हटाइने बताउनुभएको थियो ।





प्रतिक्रिया